पार्टी स्थापना दिवसको अवसरमा एमाले चितवनद्वारा भोलि चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमपार्टी स्थापना दिवसको अवसरमा एमाले चितवनद्वारा भोलि चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम

भरतपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी चितवनले पार्टी स्थापना दिवसको अवसरमा भोलि चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ।

अप्रिल २२ अर्थात् व्लादिमिर लेनिनको जन्मदिन, नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस तथा नयाँ वर्ष २०८३ को सुखद अवसर पारेर एमाले चितवनले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो। विभिन्न कम्युनिस्ट पार्टीका नेता, अन्य राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूको उपस्थितिमा आयोजना हुने कार्यक्रममा आपसी सद्भाव, राजनीतिक सहकार्य तथा नयाँ वर्षको शुभकामना आदान–प्रदान गरिने जिल्ला कमिटीले जनाएको छ।

भोलि अर्थात् २०८३ साल वैशाख ९ गते बिहान ८ बजे होटल ग्लोबल, चौबिसकोठी भरतपुरमा कार्यक्रम सञ्चालन हुने छ। नेकपा एमाले जिल्ला कमिटी चितवनको आयोजनामा हुने उक्त कार्यक्रममा नेकपा एमालेका सम्पूर्ण नेता–कार्यकर्ता, पत्रकार तथा शुभेच्छुकहरूलाई उपस्थित भई कार्यक्रम सफल पार्न आयोजकले विनम्र अनुरोध गरेको छ।

जिल्ला कमिटीले पार्टी स्थापना दिवस तथा नयाँ वर्षको अवसरमा आयोजना गरिएको यस कार्यक्रमले राजनीतिक तथा सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *