भरतपुर, चितवन।
वीरेन्द्र बहुमुखी क्याम्पसको युवा रेडक्रस सर्कलको आयोजनामा यही २०८३ भदौ २२ गते क्याम्पसको नौ बिगाहा परिसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।
नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुर, चितवनको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त कार्यक्रममा रक्तदान गर्न इच्छुक सम्पूर्ण रक्तदाताहरूलाई सहभागी हुन आयोजकले अनुरोध गरेको छ।
कार्यक्रमको मुख्य उद्देश्य आपतकालीन अवस्थामा आवश्यक पर्ने रगतको उपलब्धता सहज बनाउन सहयोग गर्नुका साथै युवाहरूमा रक्तदान तथा मानवीय सेवाप्रतिको भावना अभिवृद्धि गर्नु रहेको युवा रेडक्रस सर्कल, वीरेन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष बिनय आचार्यले जानकारी दिए।
अध्यक्ष आचार्यले स्वस्थ व्यक्तिहरूलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न आग्रह गर्दै “रक्तदान जीवनदान हो, तपाईंले दिएको एक युनिट रगतले कसैको जीवन बचाउन सक्छ” भन्ने सन्देश दिएका छन्।
कार्यक्रममा विद्यार्थी, शिक्षक, कर्मचारी, विभिन्न सामाजिक संघसंस्था तथा सर्वसाधारणको सहभागिता रहने आयोजकले जनाएको छ।
मितिस् २०८३ भदौ २२ गते
स्थानस् वीरेन्द्र बहुमुखी क्याम्पस, नौ बिगाहा परिसर
आयोजकस् युवा रेडक्रस सर्कल, वीरेन्द्र बहुमुखी क्याम्पस
प्राविधिक सहयोगस् नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र, भरतपुर, चितवन
वीरेन्द्र बहुमुखी क्याम्पसमा खुल्ला रक्तदान कार्यक्रम हुँदै