सुदन किरातीद्वारा प्रलोपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा सामाजिक संजाल बाट घोषणा गरेका छन

सुदन किरातीद्वारा प्रलोपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा सामाजिक संजाल बाट घोषणा गरेका छन । उनी यस्तो लेख्छन् :-

प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा० को साधारण सदस्य समेत नरहने निर्णय गरेको जानकारी गराउन चाहन्छु । करिब ५ महिनाको यस यात्रामा मार्गदर्शन गर्नुहुने आदरणीय नेताहरू, हातेमालो गर्ने सम्पूर्ण साथीहरू तथा कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
यस अवधिमा प्राप्त अनुभवहरूलाई मैले अमूल्य सम्पत्तिको रूपमा आत्मसाथ गरेको छु । संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भएपनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध यथावत् रहने विश्वास लिएको छु ।
साथै, जनसमुदायको भरोसा र सहिदको अधुरो सपनालाई मुटुमा बोकेर जस्तोसुकै परिस्थिति आएपनि देश र जनताको सेवा, समर्पण र समाज रूपान्तरणको यात्राबाट पछि नहट्ने वाचा गर्दछु । मेरो लागि आगामी बाटो सजिलो नहुन सक्छ तर जनताको विश्वास र सहिदको बलिदानले देखाएको मार्गमा निरन्तर अघि बढिरहने छु ।
धन्यवाद।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *