चितवन,
पूर्वी चितवनका दुई निजी विद्यालय—पञ्चकन्या विद्या मन्दिर र आइरिस इङ्लिस एकेडेमी—माथि शीर्षक उल्लेख नगरी शुल्क असुली गरेको आरोप लागेको छ।
हालै सार्वजनिक भएका रसिदहरूमा विद्यार्थीबाट रकम लिइएको देखिए पनि शुल्क कुन शीर्षकमा लिइएको हो भन्ने स्पष्ट उल्लेख छैन। पञ्चकन्या विद्या मन्दिरको रसिदमा ७ हजार रुपैयाँ र आइरिस इङ्लिस एकेडेमीको रसिदमा ५ हजार ७ सय रुपैयाँ लिइएको देखिन्छ, तर ‘ाभभ मभकअचष्उतष्यल’ खाली राखिएको पाइएको छ।
यस विषयमा अभिभावकहरूले असन्तुष्टि जनाएका छन्। “पैसा तिर्नुपर्छ भने तिर्छौं, तर केका लागि तिरेको हो भन्ने जानकारी त दिनुपर्छ,” एक अभिभावकले गुनासो गरे। उनका अनुसार विद्यालयले शुल्कको पारदर्शी विवरण नदिँदा अन्योल बढेको छ।
यता सम्बन्धित विद्यालयहरूसँग बुझ्ने प्रयास गर्दा स्पष्ट आधिकारिक धारणा प्राप्त हुन सकेको छैन। अनौपचारिक रूपमा भने विद्यालय पक्षले व्यवस्थापन तथा अतिरिक्त गतिविधिका लागि रकम उठाइएको हुन सक्ने बताउने गरेका छन्।
यस घटनाले निजी विद्यालयहरूको शुल्क प्रणाली र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ। स्थानीय सरोकारवाला र शिक्षा सम्बन्धी निकायले यस विषयमा ध्यान दिनुपर्ने माग बढ्दै गएको छ।
चितवनका दुई निजी विद्यालय विवादमा: शीर्षकबिना शुल्क असुलीको आरोप