चितवनमा प्रहरी सहायक हवल्दार पवन गिरी ‘पोलिस अफ द मन्थ’ घोषित

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले चैत महिनाको उत्कृष्ट प्रहरी (Police of the Month) का रूपमा प्रहरी सहायक हवल्दार पवन गिरीलाई घोषणा गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनमा आयोजित विशेष कार्यक्रममा उत्कृष्ट कार्यसम्पादनका आधारमा गिरीलाई सम्मानपत्र प्रदान गरी ‘पोलिस अफ द मन्थ’ घोषणा गरिएको हो। कार्यक्रममा कार्यालय प्रमुख तथा अन्य प्रहरी अधिकृतहरूको उपस्थितिमा उनलाई औपचारिक रूपमा सम्मान गरिएको थियो। गिरीलाई कार्यालय प्रमुख प्रहरी उपरिकक्षक गोबिन्द पुरीले सम्मानित गर्नु भएको हो।

प्रहरी सहायक हवल्दार गिरीले आफ्नो जिम्मेवारी क्षेत्रमा शान्ति सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण, अनुसन्धान तथा संगठनात्मक जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै उल्लेखनीय योगदान पुर्‍याएको मूल्यांकनपछि उक्त सम्मान प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय चितवनले हरेक महिना ‘पोलिस अफ द मन्थ’ कार्यक्रम सञ्चालन गर्दै आएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *