स्वस्थ खाना खाँदा बिरामी हुनबाट बच्न सकिन्छ - पोषण विज्ञहरूको भनाइ

स्वास्थ्य र खानपानबारे जानकार व्यक्तिहरू भन्छन् कि स्वस्थ खाना खाने र राम्रो जीवनशैली अपनाउने हो भने धेरै सामान्य रोगहरूबाट बच्न सकिन्छ। उनीहरूका अनुसार दैनिक के खाइन्छ भन्ने कुरा अत्यन्तै महत्वपूर्ण हुन्छ, विशेष गरी उच्च रक्तचाप, मधुमेह, मोटोपना र मुटुसम्बन्धी समस्याबाट बच्न।

खानपानका जानकारहरू भन्छन्, “तपाईंको भान्सा नै सानो अस्पताल जस्तै हो।” यसको अर्थ, सही खाना खाएमा औषधिको आवश्यकता कम पर्न सक्छ।

फलफूल र सागसब्जी खानुहोस्

विज्ञहरूका अनुसार दैनिक कम्तीमा चार वा पाँच पटक फलफूल र सागसब्जी खानुपर्छ। पालुङ्गो, गाजर, काउली, बन्दागोभी, स्याउ, केरा र सुन्तला जस्ता खानेकुरा स्वास्थ्यका लागि राम्रो हुन्छन्। यी खानेकुरामा भिटामिन, मिनरल र फाइबर पाइन्छ, जसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ।

सेतो भन्दा खैरो (प्राकृतिक) खाना रोज्नुहोस्

विज्ञहरू भन्छन् कि कोदो, फापर, जौ, ब्राउन राइस जस्ता कम प्रशोधित ९प्रोसेस नगरिएका० अन्न खानु राम्रो हुन्छ। यस्ता खानेकुरामा फाइबर धेरै हुन्छ, जसले पाचन प्रणाली राम्रो राख्छ र रगतमा चिनीको मात्रा सन्तुलित राख्न मद्दत गर्छ।

प्रोटिनयुक्त खाना आवश्यक छ

खानपानका जानकारहरूका अनुसार दाल, भटमास, चना, माछा, अण्डा, दूध, दही र कम बोसो भएको मासु खानुपर्छ। प्रोटिनले मांसपेशी बनाउन, शरीरका कोषहरू मर्मत गर्न र रोगसँग लड्ने शक्ति बढाउन सहयोग गर्छ।

प्रशस्त पानी पिउनुहोस्

विज्ञहरूका अनुसार दैनिक आठदेखि दस गिलास पानी पिउनुपर्छ। धेरै सोडा वा चिनी भएको पेय पदार्थ पिउनु स्वास्थ्यका लागि राम्रो हुँदैन।

धेरै नुन, चिनी र तेल नखानुहोस्

विज्ञहरू भन्छन् कि धेरै फ्राइ गरिएको खाना, प्याकेटका स्न्याक्स र धेरै नुन भएको खाना खानु हुँदैन। यस्ता खानेकुरा धेरै खाएमा मुटुरोग वा अन्य रोग लाग्न सक्छ। धूम्रपान नगर्न र मदिरा कम पिउन पनि सुझाव दिइएको छ।

समयमै खाना खानुहोस् र धेरै नखानुहोस्

विज्ञहरूका अनुसार समयमै खाना खानुपर्छ र बिहानको खाना (ब्रेकफास्ट) नछोड्नु राम्रो हुन्छ। धेरै समय भोकै बसेर एकैचोटि धेरै खाना खाँदा तौल बढ्न सक्छ र स्वास्थ्य बिग्रन सक्छ। सन्तुलित मात्रामा खाना खाँदा ऊर्जा स्तर राम्रो रहन्छ।

विज्ञहरू भन्छन्, बिरामी हुँदा डाक्टरकहाँ जानु आवश्यक हुन्छ। तर नियमित स्वस्थ खाना खाने, व्यायाम गर्ने, पर्याप्त सुत्ने र तनाव कम गर्ने बानी बसाल्दा धेरै रोग लाग्नै नदिन सकिन्छ।

“स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो।” त्यसैले स्वस्थ रहनका लागि सही खानपान रोज्नु अत्यन्तै आवश्यक छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *