डोनाल्ड ट्रम्प सरकारले अमेरिकी संसदलाई दिएका जानकारीअनुसार क्युबाले रूसलाई मात्र कुटनैतिक र राजनीतिक समर्थन दिएको छैन, युद्ध लड्न लडाकू पनि पठाएको छ।
क्युबाले आधिकारिक रूपमा सबै लडाकुहरू पठाएको प्रमाणित नगरे पनि अमेरिकी अधिकारीहरूले कम्युनिस्ट सरकारले जानाजानी यसलाई सहज बनाई रहेको बताएका छन्।
ुअमेरिकी विदेश मन्त्रालयको रिपोर्टलाई उद्धृत गर्दै एक्सियस अनलाइनले लेखेको छ कि युक्रेनमा रुसी सेना समर्थक विदेशी लडाकुहरूको सबैभन्दा ठुलो चिनिने समूहमध्ये क्युबाली नागरिकहरू समावेश छन्।ु
यसअघि कम्युनिस्ट शासन भएको उत्तर कोरियाले रूसका लागि युक्रेनी सेनासँग लड्न हजारौं सैनिक पठाएको कुरा सार्वजनिक भएको थियो।
ट्रम्प सरकारले क्युबामा सत्ताको परिवर्तन गर्न प्रयास गर्दा, क्युबाले रूसमा लड्नका लागि सैनिक पठाएको जानकारी भएको हो।
ट्रम्पले गत डिसेम्बर महिनाको अन्त्यमा सेनालाई प्रयोग गरेर भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरी अमेरिका भित्र्याएका थिए।
त्यसपछि उनलाई क्युबामा पनि सत्ता परिवर्तन गराउने प्रयास गरिएको अनुमान गरिएको थियो। क्युबालाई दबाब दिन अमेरिकाले जनवरीमा भेनेजुएलाबाट क्युबा जाने तेलको आपूर्ति रोकिदिएको थियो।
फेब्रुअरीको अन्तमा इरानसँग युद्ध आरम्भ गरेपछि उनको ध्यान अन्य तिर गएको भन्ने कुराले क्युबालाई राहत मिलेको थियो। तर युद्ध चलिरहेकै बेला उनले केही हप्ता अघि क्युबामा जे हुन्छ त्यसमा आफूलाई इच्छा अनुसार गर्न सक्ने कुरा भनेका थिए।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले क्युबा लिने अवसर पाउने कुनै न कुनै तरिका हुने बताएका थिए।
ुयदि तपाईं सत्य जान्न चाहनुहुन्छ भने मलाई लाग्छ कि म यसलाई स्वतन्त्रता दिन्छु वा नियन्त्रणमा लिन्छु, क्युबा अहिले धेरै कमजोर देश भएको बारेमा उनले भने।ु
क्युबाका राष्ट्राध्यक्ष मिगुएल डियाज(कनेलले केही दिनअघि सो टापुमाथि अमेरिकाले लगाएको ऊर्जा नाकाबन्दीको समाधान वार्ताबाट खोजिरहेको खुलासा गरेका थिए।
अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सले ट्रम्प सरकारले डियाज(कनेललाई निकाल्न प्रयास गरिरहेको बारेमा समाचार प्रकाशित गरेको थियो।
भेनेजुएलामा मदुरोलाई हटाएर उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई सत्तामा ल्याउने जस्तै क्युबामा पनि अमेरिकी मिडियाले अन्य कसैलाई सत्ता हस्तान्तरण गर्ने अनुमान गरेका छन्।