काठमाडौं। त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पसका स्ववियु अध्यक्ष दीपक जोशीले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका छन्।
प्रधानमन्त्री बालेन शाहलाई स्मरण गराउने उद्देश्यसहित उक्त नक्सा राखिएको उनले बताएका छन्।
दार्चुलाका बासिन्दा रहेका जोशीले लिपुलेक–लिम्पियाधुरा नेपालको भूभाग भएकोमा कुनै द्विविधा नभएको उल्लेख गर्दै त्यहाँका नागरिकले भावनात्मक रूपमा स्वामित्व अनुभूति गर्नुपर्ने बताए।
उनका अनुसार सो क्षेत्रसम्म अझै सडक पहुँच नपुगेकाले विकासका लागि ध्यानाकर्षण गराउन नक्सा राखिएको हो।
उनले कार्यकक्षमा नक्सासँगै प्रधानमन्त्री शाहको तस्वीर पनि राखेका छन्। यसअघि मेयर हुँदा शाहले पनि आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका थिए।