महिला हक्की प्रतियोगितामा खेल्न नेपाली राष्ट्रिय महिला हक्की भारततर्फ

भारतमा हुने सिनियर महिला हक्की प्रतियोगितामा सहभागी नेपाली राष्ट्रिय महिला हक्की टोलीलाई विदाई गरिएको छ।

नेपाल हक्की संघले आईतबार आयोजना गरेको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिव राम चरित्र मेहताले विदाई गरे ।

राखेप सदस्य सचिव राम चरित्र मेहताले टोलीलाई राम्रो प्रदर्शन गर्न शुभकामना दिए । उनले खेलाडीहरुफाई आफ्नो क्षमता देखाएर उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिए ।

नेपाफ हक्की संघका महासचिव सुवर्ण श्रेष्ठले ३१ वर्षपछि नेपालको महिला हक्की टोली विदेशमा खेल्न र प्रशिक्षणका लागि जान लागेको बताईन् ।

नेपालले सुरुमा एक हप्ता प्रशिक्षण गर्ने र त्यसपछि त्यहाँ प्रतियोगिता खेल्ने श्रेष्ठले बताईन् ।

अंकिता अधिकारीको कप्तानीमा रहेको नेपाली टोलीमा २६ खेलाडी छन् ।

विदाई कार्यक्रममा नेपाल हक्की संघका अध्यक्ष अनिल प्रसाद शर्मा र महासचिव तथा राखेप कार्यकारी सदस्य समेत रहेकी सुवर्ण श्रेष्ठ लगनयतको उपस्थिती थियो ।

अश्विनी कुमार अधिकारि मुख्य प्रशिक्षक छन् भने रविन्द्र सिंह सहायक प्रशिक्षक र कान्तुराम पनेरु व्यवस्थापक छन् । नेपाली टोली आईतबारै भारत प्रस्थान गर्नेछ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *