वीरेन्द्र क्याम्पसमा खुल्ला रक्तदान तथा रक्तसमूह परीक्षण कार्यक्रम हुँदैवीरेन्द्र क्याम्पसमा खुल्ला रक्तदान तथा रक्तसमूह परीक्षण कार्यक्रम हुँदै

भरतपुर । वीरेन्द्र बहुमुखी क्याम्पसको युवा रेडक्रस सर्कलको आयोजनामा खुल्ला रक्तदान तथा रक्तसमूह परीक्षण कार्यक्रम आयोजना हुने भएको छ।
मानवीय सेवाको भावना अभिवृद्धि गर्ने तथा आवश्यकतामा रहेका व्यक्तिहरूलाई रगत उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रममा रक्तदानका साथै सहभागीहरूको रक्तसमूह परीक्षणसमेत गरिने युवा रेडक्रस सर्कलले जनाएको छ।
कार्यक्रम २०८३ साल भदौ २२ गते बिहान ७ बजे वीरेन्द्र बहुमुखी क्याम्पसको नौबिह्हा परिसरमा सञ्चालन हुनेछ। कार्यक्रममा क्याम्पसका प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा इच्छुक सर्वसाधारणलाई सहभागी भई रक्तदान गर्न र आफ्नो रक्तसमूह परीक्षण गराउन आयोजकले आग्रह गरेको छ।
युवा रेडक्रस सर्कलले रक्तदानलाई मानवीय सेवाको महत्वपूर्ण कार्यका रूपमा लिँदै सबैलाई यस अभियानमा सहभागी हुन अपिल गरेको छ। “रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने सन्देशसहित आयोजना हुने कार्यक्रमले समुदायमा रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागी भई रक्तदान गर्नुका साथै आफ्नो रक्तसमूह पहिचान गरी सामाजिक तथा मानवीय सेवामा योगदान गर्न आयोजकले सबैमा हार्दिक अनुरोध गरेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *