जेसिजद्वारा क्यालेण्डर बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्म्पन्न भएको छ। टाडी सौराहाचोक स्थित होटेल सौराहा गेट अवय मा एक कार्यक्रममा उक्त क्यालेण्डर बिमोचन तथा नया वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको रत्ननगर जेसिजको अध्यक्ष जेसी सबिन मानन्धरले जानकारी गराउनु भयो। कार्यक्रममा रत्ननगर जेसिजको प्रमुख अतिथि नेपाल जिसिजकी कार्यकारी उपाध्यक्ष जेसि स्वप्न भण्डारी हुनुहुन्थ्यो।